साडी लगाउने यि ६ टिप्स, जसले तपाइँलाई यो तिजमा झनै सुन्दर बनाउनेछ

काठमाडौँ-महिलाहरुको महत्वपुर्ण चाड तिजलाई फेसनको चाडको रुपमा पनि हेर्ने गरिन्छ । तिजमा मेकअप, मेहन्दी, चुरा र साडी आदिको पहिरनले महत्वपूर्ण भुमिका खेल्छन् । यही कुरालाई मध्यनजर गर्दै हामी यहाँ साडी लगाउने ६ टिप्सहरु दिँदैछौँ । यी ६ मा कुनै तरिकाले साडी लगाएर जब तपाइँ तिजको पार्टीमा पुग्नुहुन्छ, त्यहाँ रहेका सबैको नजर केबल तपाइँमा पर्नेछ ।

बंगाली स्टाइल

बंगाली स्टाइलको साडी ट्रेडिशनल लुकको लागि सबैभन्दा अगाडि छ । यसले तपाइँलाई केबल गे्रसफुल मात्र बनाउँदैन र हेरचाहमा मुश्किलपनि पर्दैन । यो लुकको लागि हेडलूम या हल्का कटनको वोर्डवाला साडी राम्रो देखिन्छ ।

लेहेंगा स्टाइल

यो स्टाइलमा तपाइँ कुनैपनि तरिकाको साडीलाई लेहेंगाको लुक दिन सक्छ । प्लेट्सको मद्धतले साडीलाई कुनै तरिकाले बाँध्नु पर्छ जसले लेहेंगा जस्तो देखिन्छ । यो आजकल फेशनमा छ ।

जलपरी स्टाइल

यो साडी तन्दरुस्त फिगर महिलालाई मज्जाले खुल्छ । यो साडी लो वेस्टबाट लगाइन्छ र स्कर्ट जस्तो लुक दिन्छ । यो लगाएपछि फिगर स्लिम देखिन्छ ।

तितली स्टाइल

दिपीका या प्रियंका जस्तो देखिन चाहनुहुन्छ भने यो स्टाइलको साडी लगाउन सक्नुहुन्छ । यसमा आँचल पातलो राखिन्छ जसले फिगर राम्रो देखिन्छ ।

राजरानी स्टाइल

हेवी सिल्क या भारी नेटको साडी नै राजारानी स्टाइल हो । यो गुजराती स्टाइलको रुप हो । यो ढाँचाको साडी लगाउने बेला आँचल दायाँबाट लगाइन्छ ।

मुमताज स्टाइल

तिजको पार्टीमा जाने बेला रेट्रो लुकको लागि मुमताज स्टाइल राम्रो उपाय हुनसक्छ । यसले तपाइँको फिगर झनै राम्रो बनाइदिन्छ । एजेन्सीको सहयोगमा ।