मृगौलालाई स्वास्थ्य राख्नको लागी कति र कसरी पानी पिउँने ? यी कुराहरुमा ध्यान दिनुहोस्

पानी हाम्रो स्वास्थ्यको लागी निकै लाभदायक छ । यसले हाम्रो शरीरलाई सफा राख्न मद्धत गर्छ । पानी बिना हामी हाम्रो जीवनको कल्पना पनि गर्न सक्देनौं । हामीले हाम्रो शरीरलाई चाहिने पानी प्रसस्त मात्रामा पिउनुपर्छ । पानीको कमीले गर्दा हाम्रो शरीरमा विभिन्न खालका समस्याहरु आउन सक्छन् । त्यसैले हामीले पानी पिउन कुनै पनि प्रकारको लापरवाही गर्न हुदैन । पानी पिउन हामीले जान्नुपर्छ । कतिखेर पानी पिउने र कतिखेर नपिउने भन्ने कुरा थाहा हुनुपर्छ । गलत तरिकाले पानी पिउँदा हाम्रो स्वास्थ्यमा समस्या आउन सक्छ ।

पानी पिउँदा ध्यान दिनुपर्ने कुराहरु यस्ता छन् :

१) बिहान उठ्ने बित्तिकै दुइ गिलास पानी पिउनाले हाम्रो शरीरको सबै खालका विषाक्तहरु बाहिर निस्केर जान्छन् ।

२) उर्जाको मात्रा सहि राख्नको लागी व्यायाम गर्नुभन्दा १० मिनेट अगाडी एक गिलास पानी पिउने गर्नुहोस ।

३) व्यायाम गर्ने बित्तिकै पानी पिउनु हुदैन । व्यायाम गरेको २० मिनेट पछि पानी पिउने गर्नुपर्छ ।

४) चिया कफी पिउनुभन्दा अगाडी एक गिलास पानी पिउनाले हामीलाई एसिडिटी हुदैन ।

५) खाना खाँदा दुइ चुस्की पानी लिने गरेमा खाना मजाले पच्छ ।

६) नुहाउनुभन्दा अगाडी एक गिलास पानी पिउनाले हाम्रो शरीरको रक्तचाप स्थिर रहने गर्छ ।

७) खाना खानुभन्दा आधी घन्टाअघि एक गिलास पानी पिउनुस् । यसले पाचन राम्रो बनाउँछ ।

८) थकान र टेन्सन हुँदा एक गिलास पानी पिउनुस् । मानसिक आराम पाउनुहुनेछ ।

९) सुत्नुअघि एक गिलास पानी पिउनुस् । हृदयघातबाट बच्नुुहुनेछ ।