भोजपुरकी सामाजिक अभियान्ता योगमाया न्यौपानेको जीवनीमा लिखित ‘योगमाया’ उपन्यासलाई यस बर्षको मदन पुरस्कार

काठमाडौं, भदौ ११- भोजपुरकी सामाजिक अभियान्ता योगमाया न्यौपानेको जीवनीमा लिखित योगमाया उपन्यासलाई यस बर्षको मदन पुरस्कार दिईने भएको छ । उत्कृष्ट ८ वटा पुस्तकको ८ सर्ट लिस्टबाट न्यौपानेको जीवनीमा तयार पारिएको पुस्तकलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

यसअघि मदन पुरस्कार गुठीले ८ वटा पुस्तकको सूची निकालेको थियो । जसमा निलम कार्की (निहारिका) को ‘योगमाया’ सँगै धु्रवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञसको ‘भुइँया’, राज माङलाकको ‘लिम्बुनी गाउँ’ नयनराज पाण्डेको ‘यार’ र मोहन वैद्य (किरण) को ‘हिमाली दर्शन’ मदन पुरस्कारको प्रतिष्पर्धामा रहेका थिए ।

त्यसबाट आज बसेको मदन पुरस्कार गुठीको बैठकले ‘योगमाया’लाई पुरस्कार दिने निर्णय गरेको गुठीका अध्यक्ष कुन्दन दीक्षितले ट्वीटमार्फत जानकारी दिएका छन् ।

त्यस्तै, जगदम्बा पुरस्कार शान्तदास मानन्धरलाई दिने निर्णय गरेको छ । बाल साहित्यको विकास, विस्तार र प्रवद्र्धनमा योगदान पुर्याएबापत उनलाई यो पुरस्कार दिइएको हो ।