‘१४ फेब्रुअरी’ को निर्माता कुकुर भएको रहस्य खुलेपछि ‘क्रिस्टल’ एकाएक चर्चामा


काठमाडौं  ।

माया प्रेमको शाब्दिक अर्थलाई चलचित्रको मार्फत प्रष्ट बनाउने उदेश्यले बनेको “१४ फेब्रुअरी” ले आम दर्शकको माया असाध्यै पाएको छ । संसारभर फेब्रुअरी १४ तारिखका दिन प्रेम दिवस (भ्यालेनटाईन्स डे) मनाईएको हो । प्रणय दिवसलाई लक्षित गरेर बनेको छोटो चलचित्र ’14 February’ आम दर्शकको आखाँमा आसु त पारिदियो नै तर त्यो भन्दा पनि अर्को रहस्य चलचित्रको निर्माता कुकुर भएको खुलेपछि आम दर्शक अचम्मित भएका छन् ।

साचो माया प्रेम कस्तो हुन्छ र मायामा त्याग कस्तो हुनसक्छ भन्ने कुरालाई चलचित्रमा प्रष्ट देखाउन खोजिएको छ । एमएमएस ईन्टरटेक्मेन्टको प्रस्तुतिमा रहेको यो चलचित्रमा दर्पण राईको कथा तथा निर्देशन रहेको छ । चलचित्रलाई धेरै दर्शकको माया मिल्यो साथै चलचित्रको निर्माता कुकुर ‘क्रिस्टल’ लाई माया मिलिरहेको छ । यो ‘क्रिस्टल’ दर्पण राईको घरमा पालिएको कुकुर हो । चलचित्रको निर्माता बारेमा दर्पण राईले चलचित्र रिलिज भएपछि मात्र खुलाएका हुन् ।

१५ मिनेटको यो चलचित्रले धेरै प्रेमी प्रेमीकाहरुको मन जित्न सफल भएको छ । वास्तविक प्रेममा के कस्ता क्षण आउन सक्छ त भन्ने कुरालाई चलचित्रले देखाएको छ । अावाज बिना नै बनेको यो चलचित्रको प्रशंसा सबैले खुलेर नै गरेको छन् । “तिमीले बाटो फेरेउ अरे ” जस्तो चर्चित गित लेखेका दर्पण राई सधै फरक काम गर्न रुचाउँछन् ।
पूरा चलचित्र हेरौं ।