मंसिर २२, काठमाडौँ — अनुसन्धानकर्ता राजुकुमार राईले बान्तावा राईहरुको समुदाय र संस्कृतिलाई समेटेर लेखेको पुस्तक लोकार्पण गरिएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार एक कार्यक्रमका बीच प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले बान्तवा राईःसमुदाय र संस्कृति पुस्तकको लोकार्पण गरेका हुन् ।

किरात राईका २८ थर मध्येका बान्तावा थरमा केन्द्रीकृत भएर लेखिएको पुस्तकले यस समुदायको इतिहास, सिद्धान्त, संरचना, संस्कृति, पहिचानका विषयलाई समेटेको समालोचकले बताएका छन्। प्रा. सन्ध्या बस्नेतले प्रस्तुत विषयवस्तुहरु निकै खोजमुलक र ओजमुलक रहेको बताइन्। ुबान्तावाहरुको जीवन र जगतलाई पर्याप्त अनुसन्धान गरिएको छ, समाजशास्त्रका विद्यार्थीहरुका लागि काम लाग्ने गरी सन्दर्भ सामाग्री समेटिएको छ।ुउनले भनिन्,ुलैंगिक पक्षमा विभेदहरु उल्लेख छन्। तर बान्तावा राईहरुले छोरीका लागि विवाह प्रथा र जिम्मेवारीका विषयमा सकरात्मक छन्।

संस्कृति अध्यता चन्द्रकुमार हतुवालीले पुस्तकले बान्तावा संस्कृति र पहिचान समेटेको बताए। बान्तावा राईका बारेमा फुटकर लेखहरु आए पनि समग्रलाई समेटेर पुस्तकका रुपमा पाठकमाझ ल्याएको छ। जातिविशेष सम्बन्धि लेखिने पुस्तक मध्ये यो पुस्तक सैद्वान्तिक रुपमा मजाले समेटिएको उनले बताए।

लेखक राईले यस पुस्तकले बान्तावा राई समुदायको समग्रतालाई समेट्न प्रयास गरेको जनाएका छन्। राईका यसभन्दा अघि ३ वटा कृति प्रकाशित भइसकेका छन्।

तपाईको प्रतिक्रिया