काठमाण्डौं- देशले विकास र सम्वृद्धिको सही गति पक्रन नसक्नुको कारणको खोजी गर्दै समाधानका पाटोहरु समेत केलाएर प्रस्तुत गरिएको नयाँ पुस्तक ‘देश किन बनेन’ आजदेखि बजारमा आएको छ । समाजिक तथा सुशासन अभियानता प्रकाश विकल्पद्वारा लिखित सो पुस्तकको पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज काठमाण्डौंमा एक कार्यक्रमका वीच विमोचन गरे ।

पुस्तकले देशको वर्तमान यथार्थता चित्रण गरेको छ । देश निर्माणका क्रममा भएका कमीकमजोरीहरुलाई एकअर्कामा दोषारोपण गर्ने तर आफ्नो कमजोरी कहिले नदेख्ने कुरालाई पुस्तकले देशका विभिन्न कालखण्डमा भएका घटनाक्रमको सिलेसिलेदार प्रस्तुतीबाट पस्किएको छ । देश निर्माणमा राजनीतिक दल, कर्मचारीतन्त्र, विभिन्न पेशा व्यवसायी र आम नागरिकको भुमिकाकोबारे पुस्तकमा उल्लेख गरिएको छ । पुस्तकमा धर्म संस्कृति, सामाजिक, राजनीतिक विभेदताले भोग्नुपरिरहेको समस्यादेखि भ्रष्टचार, अन्तराष्ट्रि हस्तक्षेप लगायतका कुराहरुले नेपाली समाजलाई पारेको थिलथिलोलाई केहि पृथक ढंगबाट उल्लेख गरिएको छ ।

कार्यक्रममा विश्वका विकसित देशको उदाहरणबाट नेपालले सिकेर लागु गर्नुपर्ने र हिजो र आजभन्दा भोलिको नेपाल फरक बनाउनुपर्ने लेखक प्रकाश विकल्पले बताए । ‘हामी सँधै परिणाममुखी भएर मात्र कुरा गर्छौ तर समस्याको मुल जरो के हो भन्नेमा कहिले जान चाहेनौं त्यसैले अब ढिला भइसकेको छ समस्याको मुल कारणको खोजी गरि त्यसलाई निर्मूल पार्नुपर्छ ।’ लेखकले भने ।

स्तकको विमोचन गर्दै पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस्तकले सम्वृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन देश किन बनेन पुस्तक एउटा विकल्पको रुपमा रहेको बताए । उनले भने आम सचेत युवाहरुले आफ्नो क्षेत्रबाट देश बनाउने अभियानमा भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । विज्ञान र गतिशिलताले मात्र देश तथा समाजलाई सही बाटोमा डो¥याउन सके मात्र हामीले सोचेको र भन्दै आएको नेपाल बनाउन सक्ने कुरा पुस्तकमा उल्लेख भएको आफूले पाएको प्रचण्डले बताए ।

राजपा अध्यक्ष मण्डलका अध्यक्ष महेन्द्र राय यादवले विभिन्न नाममा भएका विभेद र त्यसले देश विकासमा पारेको असरलाई पुस्तकले उतारेको बताए । त्यस्तै नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले देश किन बनेन पुस्तकले सम्पूर्ण नेपाली नागरिकको सवालको प्रतिनिधित्व गरेको बताए ।
सूचना आयोगका आयुक्त यसोदा तिम्सिनाले अर्काले भनेर, अर्कैले गरिदिएर आफ्नो भुमिकालाई भुलेर द्वेध चरित्र देखाउने हामी नागरिकको कर्तव्यलाई समेत पुस्तकले राम्ररी औंल्याएको टिप्पणी गरिन् । देश पछाडी पर्नुमा सबै पक्षले धेरथोर जिम्मेवार लिनुपर्ने आयुक्त तिम्सिनाको भनाई छ ।

तपाईको प्रतिक्रिया