काठमाडौं – भोजपुर दिंलाका मोडल तथा गायक योगेन्द्र राई र नेपाल आईडलकी होस्त तथा चर्चित मोडल रीमा विश्वकर्माको अभिनय रहेको ‘मनको पिँजडामा’ बोलको गीत सार्वजानिक भएको छ । गायक निश्चल राईको स्वर रहेको गीत हाईलाईट नेपालको युटुब च्यानल मार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा माया, प्रेमका भावनालाई समेटिएको छ । यशोदा खालिङ राईले निर्माण गरेको भिडियोमा आसुपूर्ण खालिङ राईको शब्द रहेको छ भने संगीत गायक निश्चल राईकोनै रहेको छ। भिडियोमा रीमा विश्वकर्मा र योगेन्द्र राईले अभिनय गरेका छन् । भिडियोको निर्देशन नव ढुंगेलले गरेका छन् भने दृश्य माधव बेलबासेले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस्ः