भोजपुर- भोजपुरको हतुवागढी गाउँपालिकाको घोरेटारमा रहेको सगरमाथा माथ्यामिक विद्यालयलाई कम्प्युटरसंँगै स्मार्ट टिभी हस्तान्तरण गरिएको छ। ईश्वर मन्दिर काठमाडौंँले विद्यालयलाई १५ थान कम्प्युटर र ४२ इञ्चको स्मार्ट टिभी हस्तान्तरण गरेको हो।

संस्थाका संरक्षक तथा पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले विद्यालयलाई सामग्री हस्तान्तरण गरेका हुन्। पछिल्लो समय सरकारले प्रविधिमैत्री माध्यमबाट शैक्षिक विकास गरिरहेकाले विद्यार्थीको शैक्षिकस्तर वृद्धि गर्नका लागि कम्प्युटरसंँगै इ–लर्निङ कक्षाको समेत उद्घाटन गरिएको छ।

गत वर्ष भोजपुरको विद्योदय माध्यमिक विद्यालयबाट इ–लर्निङ कक्षा शुरु गरिएको थियो। गत वर्ष पनि विद्योदय माविलाई २० थान, शारदा मावि प्याउलीलाई पाँच थान र भोजपुर नगरपालिका ८ पोखरेमा रहेको सरस्वती आधारभूत विद्यालयलाई पाँच थान कम्प्युटर वितरण गरिएको थियो।

तपाईको प्रतिक्रिया