इटहरी,२ असार- सुनसरीको इटहरी उपमहानगरलाई भ्रष्टाचार मुक्त बनाउने अभियानका साथ नगरवासीहरू आज सोमबार सडकमा उत्रिएका छन ।

भ्रष्टाचार बिरूद्धको अभियान अन्तरगत बिभिन्न नारा सहितको प्लेकार्ड बोकेर उपमहानगरवासीहरू सडकमा निस्किएका हुन । नगरवासीहरूले इटहरीका मेयर द्वारिकलाल चौधरीले अघि बढाएको भ्रष्टाचार बिरूद्धको कदमलाइ स्वागतम भन्दै उहाँको समर्थनमा नारावाजी समेत गरेका थिए ।

उनीहरुले भ्रष्टाचार बिरुद्धको अभियानमा लागेको भन्दै मेयर चौधरीलाई सम्मान् समेत गरेका थिए । कार्यक्रममा मेयर चौधरीले इटहरीबाट भ्रष्टाचारको जरो उखल्ने उद्घोष गरेका छन् । भिडियोः

तपाईको प्रतिक्रिया