काठमाडौं । मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समाजवादी फोरमले सभामुख ओनसरी घर्ती मगर मार्फत वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो ।

फोरम संसदीय दलका नेता अशोक राइले हस्ताक्षर गरेको पत्र दलका प्रमुख सचेतक शिवजी यादवले बुधबार सभामुखलाई बुझाएका छन् ।


सरकारलाई दिएको समर्थन फिर्ताको पत्र थमाउँदै प्रमुख सचेतक यादवले मोर्चाका अन्य दलहरुले पनि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए ।

उपेन्द्र यादव नेतृत्वको फोरम नेपालका १५ सांसद छन् ।

तपाईको प्रतिक्रिया