भोजपुरमा अज्ञात नकावधारीले एक महिलाको स्तन काटिदिए पछि…

भोजपुर,४ मंसिर- भोजपुरको षडानन्द नगरपालिकाको वडा नम्वर ८ सेमेङमा एक महिलाको अज्ञात नकावधारी समुहले दुवै स्तन काटिदिएका छन् । स्थानिय खकुवाखोलामा लुगाधुन गएकी सुव्वा तमाङकी श्रीमती अन्दाजी वर्ष ३० की वीणा तामाङको बुधवार विहान ११ बजेतिर स्तन काटेर नकावधारी समुह फरार भएको उनका देवर धन वहादुर तामाङले वताए ।

घाईते तामाङ अचेत अवस्थामा रहेकी छिन् । उनलाई उपचारको लागि दिंला तर्फ ल्याईंदै गरेको वडाध्यक्ष छत्र वहादुर तामाङले वताए । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय दिंलाका प्रमुख अमतलाल माझीको कमाण्डमा टोली घट्नास्थल तर्फ गईरहेको ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।