व्याडमिन्टन खेल महङ्गो खेल हो सरकारले ध्यान दिन जरुरी छः सिता राई

भोजपुरको षडानन्द नगरपलिका- १० किमालुङमा २०५१ सालमा जन्मिएकी सिता राई नेपाली व्यडमिन्टनमा छिटो समयमा छलाङ् मार्ने खेलडीको रुपमा चिनिन्छिन् । राष्ट्रिय खेलकुद प्रतियोगिता २०६८ मा भएको छैठौं खेलकुद सम्म पुर्वाञ्चल भलिवलको प्रतिनिधित्व गरेकी राईले त्यसपछि भलिवल त्यागेर व्याडमिन्टन खेल खेल्न सुरु गरिन् । नेपालमा सञ्चालन भएको १३ औं सागको छनौट खेलमा आँफु भन्दा अगाडिका र्‍याङकिङमा रहेका खेलाडीलाई पराजित गर्दै छनौट भएकी राईले १३ औं साग खेलबाट नेपाललाई कास्य पदक दिलाएर आफ्नो क्षमता पुष्टि गरिन । प्रस्तुत छ उनै अनु राई संग खवरट्वीट डटकम सहकर्मीले गरेको कुराकानी ।

नमस्कार
नमस्कार
आराम हुनुहुन्छ ?
अहिले आरम नै छु ।
केमा व्यस्त हुनुहुन्छ ?
साग गेम सकिएको छ क्लोजिङ सेरेमोनि बिजय ¥याली शुभकामना आदन प्रदान कार्यक्रममा व्यस्त छु ।
१३ औं साग गेममा तपाईको लक्ष्य के थियो ?
१३ औं सागमा लक्ष्यत हामीले जति क्लोज क्याम्पमा ट्रेनिङ गरेका थियौं १२ औं सागको नतिजा हेरेर रजत पदक जित्न सक्छौं भन्ने आशा थियो ।
के कमि थियो तपाईले सोचेको लक्ष्यमा पुग्न नसक्ने कम्जोरीहरु ?
कमि कम्जोरि भनेको सेमिफाईनलमा श्रीलंका संग परेको थियो ७ ओटा देश मध्येमा श्रीलंका इन्डिया पछिको राम्रो मानिन्छ व्याड्मिन्टमा एउटा समस्या यो हो र अर्को समस्या भनेको टेनिङको रेसियो कम छ टेनिङ कम छ ३ महिनाको टेनिङले पुग्दैन टेनिङ अवधी पुगेन ३ महिनाको टेनिङले हाम्रो लक्ष्य पुरा हुन गाह्रो छ । ३ महिना अगाडी देखि टेनिङ सुरु हुन्छ अन्तराष्टिय स्तरमा खेल्न र जित्नको लागि ३ महिना दिने टेनिङ सधैं भरि पाउनु पर्छ त्यस्ता टेनिङ सधै हुने हो भने राष्ट तथा अन्तराष्टिय स्थरदेखि सधै राम्रो नतिजा हात पार्न सकिन्छ ।
कस्ता कस्ता टिमहरु संग खेल्नु भयो ?
हामीले सोचेको सेमिफाईनल र क्वाटरफाईनल खेल इन्डिया र श्रीलंका संग हुन्छ थियो भन्ने अनुमान थियो १२ औं सागको नतिजा हेर्दा पनि पहिलो इन्डिया दोस्रो श्रीलंकानै थियो र यो बर्ष पनि त्यस्तै हुन्छ भन्ने पहिलानै अनुमान गरिईएको थियो । र हामिले खेलको रणनिति पनि त्यहि अनुसारको बनाएको थियौं रजतको आशा गरेर खेलेका थियौं त्यो पुरा गर्न सकेनौं ।
पाउनु भएको स्थानमा खुसी हुनुहुन्छ ?
देशलाई एउटा भए पनि पदक दिलाउन सफल भएको छु , म त खुसी नै छु खाली हात कुनै पनि स्थान नपाउनु भन्दा त कास्य पदक भए पनि दिलाएर १३औं सागमा कास्य पदक हात पारेर खेलकुदको प्रगतिमा एउटा इट्टा थप्ने काम गरेका छौं ।
सरकारले के गरिदिए अझै खेलकुद क्षेत्र राम्रो हुन्छ जस्तो लाग्छ ?
सरकारले खेलाडीको लागि गर्नु पर्ने धेरै छ भर्खर प्रधानमन्त्री ज्यूले घोषणा गर्नू भएको छ खेलाडीहरुलाई आर्थिक सहित सम्मान गर्न भनेर यो खुसीको कुरा हो खेलाडीहरुको उत्साह बढाउने काम हो खेलाडीहरु उत्साहित हुन्छन् । राम्रो खेल्न तर्फ ध्यान दिने हौसला बढ्ने छ तर खेलाडीहरु जहिल्यै आफ्नो लगानीमा खेल्न सक्दैन सरकारले यता तर्फ ध्यान दिन जरुरी छ । अर्को तिर राष्ट्रिय स्तरका कोचहरु जम्मा ७ जना मात्रै हुनुहुन्छ । उहाँहरुले कहिले कहाँ कसरि कोच गर्न भ्याउनु विशेष गरेर कोचहरुको व्यावस्था गर्न जरुरी छ । राष्ट्रिय स्तरका खेलाडीहरु कहाँ खेल्दै छ रु कहिले ट्रेनिङ गरिरहेको छ रु सम्बन्धित निकायलाई केहि थाहा हुँदैन यो तरिकाले व्याडमिन्टन खेल अगाडी बढ्न निकै गाह्रो छ । जिल्लामा भएको भोलेन्टियर कोचहरुलाई सरकारले व्यावस्थापन गर्नु पर्छ अनि केहि सहज हुन्छ । र राष्ट्रिय खेलाडीहरुलाई सरकारले कुनै पनि ठाउँमा जागिर वा सरकारलाई पनि फाईदा हुने कुनै ठाउँमा राखिदिने हो भने खेलाडीहरु अझ मजबुद हुन्छ ।
यहाँ सम्मको खेलकुद यात्रामा कतिको संघर्ष गर्नू भयो त ?
संघर्ष कति भयो भन्ने त मलाई मात्रै थाह छ त्यसै पनि महंगो खेल व्याडमिन्ट एउटा ¥याकेट बाँचियो भने १२ देखि १५ हजार सकिन्छ कक किन्दा ३ हजार देखि ४ हजार सम्म जान्छ । क्लब देखि खेल्ने खेलाडीहरुलाई केहि सहज छ क्लबले खर्च बेहोरछ तर खुल्ला तरिकाले कुनै क्लब संग आबद्ध नभई खेल्न धेरै गाह्रो छ बाहिर देखि आएर काठमान्डौं संघर्ष गर्नूृ निकै चुनौतिनै छ । आफ्नो लगानी फसाएर खेल खेलिरहेको छु संघर्ष धेरै नै गरे चुनौतीलाई सामना गर्दै ५ बर्षमा साग गेम देखि राष्ट्रलाई कास्य पदक दिलाउन सफ भए यसमा खुसी छु ।

कहिले र के देखि प्रेरित भएर व्याडमिन्टन खेल्नु भयो रु यसको श्रेया कसलाई जान्छ ?
छैठौं राष्ट्रिय गेम सम्म भलिवल खेल्थे त्यस पछि भलिवल नखेल्ने सोच लिएर म खाली बसीरहेको थिए सोहि समयमा दिदि र दाईले कुनै न कुनै खेल खेल्नु पर्छ भनेर मलाई भन्नु भयो त्यस पछि मलाई व्याड्मिन्टन खेल्नको लागि उत्साह दिनु भयो र मैले ५ बर्ष यता देखि व्याडमिन्टन खेल खेलिरहेको छु यसको श्रेय घरपरिवार र विशेष गरेर दिदि गिता राई, दाई नुतन राई, कोज विकास श्रेष्ठ र, अफिसर ज्ञानदिप राई र चिफ कोज सुधिर योञ्जनलाई यसको श्रेया जान्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
मेरो आफ्ना कुराहरु राख्ने मौका दिनु भएकोमा दिङ्ला खबर साप्ताहिकलाई धेरै धेरै धन्यवाद र मलाई अहिले सम्म साथ सहयोग गर्नूहुने भोजपुर व्याडमिन्टन संघ साथै भोजपुरवासी सबै दाजुभाई तथा दिदिबहिनीहरु साथै घरपरिवार बुवा ममी सबै सबै आफन्तजनहरुलाई धन्यवाद भन्न चाहन्छु र सधै यसरीनै साथ सहयोग गरिदिनुहुनेछ भन्ने पनि आश गरेकी छु ।
कुराकानीको लागि समय दिनुभएको धन्यवाद
आफ्ना कुरा राख्ने मौका दिनु भयो धेरै धेरै धन्यावाद