न्यूयोर्क- बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण एक महिलाले ज्यान गुमाउनु परेको छ । अमेरिकामा एक व्यक्तिले श्रीमतीले बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएको भन्दै हत्या गरी आफैले समेत आत्महत्या गरेका छन् ।

बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण ती व्यक्तिले श्रीमती हत्या गरेको न्युयोर्क पोस्ट समाचार लेखेको छ । ३३ वर्षका दिनेश्वर बुद्धिदत्तले श्रीमती २७ वर्षकी डोनी डाजोयको हत्या गरेका हुन् । श्रीमतीलाई धारिलो छुराको प्रहारबाट हत्या गरेपछि बुद्धिदत्तले श्रीमती डोजोेयको बहिनीलाई आफूले डाजोयको हत्या गरेको म्यासेजमा बताएका थिए ।

त्यसपछि उनी आफैंले झुण्डिएर आत्महत्या गरेका थिए । बलिउड अभिनेता ऋतिक रोशन मन पराउने डोजोय र बुद्धिदत्तबीच सोही विषयमा विभिन्न समयमा विवाद समेत भएको जनाइएको छ । उनीहरू यसै विषयमा विवाद भएर प्रहरीसम्म पनि पुगेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया