दिङ्ला–भोजपुरको षडानन्द नगरपालिका वडा नं। ९ मा अवस्थित पर्यटकीय स्थल साहुने डाँडामा बर्षेनी हिँउ पर्ने गर्दछ । समुन्द्र सतहदेखि ३२ सय ३९ मिटर उचाई रहेको यस क्षेत्रमा यस बर्ष गएका बर्ष भन्दा धेरै हिँउपरेपछि पर्यटकको भीड लागेको छ । यस बर्ष १० फुट सम्म हिँउ परेपछि पर्यटकहरु दिलखोलेर हिँउ खेलिरहेका देखिन्छन्।

भोजपुर नगरपालिका, टेम्केमैयूँ गाउँपालिका, षडानन्द नगरपालिका, अरुण गाँउपालिका, पौवा दुम्मा गाउँपालिका र साल्पासिलिछो गाउँपालिकावाट आन्तरिक पर्यटकहरु पुगेका छन् । यस क्षेत्रमा बैशाखको समयमा पनि नयाँ बर्ष मनाउनको लागि मनमोहक लागिगुँरास, चाँप र चिमलको रंगिचंगिमा रमाउन जान्छ भने हिउँदको समयमा हिउँ खेल्न जानेहरुको लर्को लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया