दिङ्ला– भोजपुरको षडानन्द नगरपालिका वडा नं. ६ को प्रायोजन तथा मुलपानी सिकाई केन्द्रको आयोजनामा दलित विद्यार्थीहरुलाई कम्प्युटर तालिम सुरु भएको छ । वडाको बजेटबाट दलित लक्षित शिर्षकमा विनियोजन भएको बजेटबाट ३ महिने आधारभुत तालिम सुरु भएको हो । तालिममा वडा भरिका १५ जना विद्यार्थीहरु सहभागि रहेका छन् ।

षडानन्द नगरपालिका वडा नं ६ का वडाध्यक्ष सुजन राईको प्रमुख आतिथ्यामा कार्यक्रम उद्घाटन भएको छ । कार्यक्रममा वडा नं. ६ का कर्मचारी राजेश भट्टले स्वागत मन्तव्य राखे । कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा दलित लक्षित अन्र्तगत विद्यार्थीहरुलाई कम्प्युटर तालिमको लागि बजेट विनियोजन हुनु भनेको गौरबको गर्नु पर्ने कुरा हो । मुलपानी सामुदायीक केन्द्रले धेरै मेहनत गरेर कार्यक्रम आयोजना गरेको छ । उन्नतीमुलक र प्रगतिमुलक सिकाई होस मेहनत गरेर ३ महिना सम्म उत्कृष्ट ज्ञान लिन वडा नं. ६ का निमित्त वडा सचिव केशब संकरले अनुरोध गरे ।

विद्यालय भन्दा बाहिर रहेका मानिसहरुलाई केहि ज्ञान सिक्न सकोस भनि नेपाल सरकारले सामुदायी सिकाई केन्द्रको स्थापना गरको हो । षडानन्द नगरपालिकामा ४ वटा सामुदायीक सिकाई केन्द्रहरु रहेको तर सक्रिय रुपमा काम गरिरहेको मुलपानी सिकाई केन्द्र मात्रै भएको षडानन्द नगरपालिकाका निमित्त शिक्षा अधिकृत कुशुम पौडेलले बताए । सामुदायीक सिकाई केन्द्रको आयोजना र वडा प्रायोजनमा भएको यो ३ महिने आधारभुत कम्प्युटर तालिमले भविष्यमा धेरै सहज हुने भएको अवसरको भरपुर उपयोग गरेर तालिममा सक्रिय रुपमा सहभागि हुन समेत पौडेल अनुरोध गरे ।

लक्षित बजेट अन्र्तर्गत प्रत्य्क बर्ष विभिन्न शिर्षकमा बजेट विनियोजन भईरहेको र अझ यस्ता खालको तालिम अझै प्रभावकारी हुन्छ भन्ने हेतुले यो बर्ष यस तालिमको लागि बजेट विनियोजन गरिएको वडाध्यक्ष सुजनराईले वताए । आधारभुत तालिमले यसलाई गहिराई सम्म पुग्नको लागि इच्छा शक्ति बढाउने भएको ३ महिना सम्म सक्रिय रुपले सिक्न षडानन्द नगरपालिका राईलेअनुरोध गरे । संसारलाई प्रवृद्धिले कहाँ पु¥याई सकोको छ त्यस सिस्टम र प्रवृद्धिसंग चल्नको लागि यो ३ महिने आधारभुत महत्वपुर्ण हो । कुनै जागिर खान कम्प्युटर तालिमको डिप्लोमा गर्न सहज हुने भएकोले प्रभावकारी ढंगबाट सिक्न पनि राईले अनुरोध गरे । वडाले गत बर्ष पनि फट्वल प्रशिक्षण, महिला उद्घोषण प्रशिक्षण, माटोको भाँडा वनाउने प्रशिक्षण लगायतका लक्षित कार्यक्रममा बजेट विनियोजन गरेको थियो ।

तपाईको प्रतिक्रिया