दोलाखा– शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको बसको ठक्करले मृत्यु भएको छ । दोलखाको कालिञ्चोक गाउँपालिकामा ९ सुन्द्रावती का ९ बर्षीय पुजन थामीको मृत्यु भएको प्रहरीले जनाएको छ । दोलखाको सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्व अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसले आज ११ बजे ठक्कर दिएको थियो  ।

 

डोरी टाँगेर सहयोग उडाइरहेका बेला बसले ठक्कर दिएको हो । डोरी टागेको बेवास्ता गर्दा बसको पछाडीको चक्काले बालकलाई पेलेको थियो । दोलखाका प्रहरी प्रमुख डिएसपी रेबतीरमण पोखरेलका अनुसार मृतक बालकको शव घटनास्थलमै राखिएको छ भने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया