संखुवासभा — पुर्वको दुर्गम जिल्लाको रुममा कहलिएको संखुवासभालाई ५३ औं साक्षर जिल्ला घोषणा गरिएको छ । विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले शुक्रबार खाँदबारीमा आयोजित एक कार्यक्रममा ५३ औं साक्षर जिल्लाको रुपमा घोषणा गरे पछि संखुवासभा साक्षर जिल्ला भएको हो ।

यो जिल्लामा ९५ दशमलव ६३ प्रतिशत साक्षर छन्। उनले आगामी २ वर्षभित्र देशलाई साक्षर राष्ट्रको रुपमा घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस् भन्दै बालबालिकाहरुलाई प्रविधिमैत्री र गुणस्तरीय शिक्षाका लागि देशका सामुदायिक विद्यालयका शिक्षकहरु शैक्षिक गुणस्तर निमार्ण गर्न लाग्नुपर्ने बताए।

मन्त्री पोख्रेलले सम्बोधनकै क्रममा देशभरी ३९ हजार शिक्षक अपुग रहेको स्मरण गरे। प्राविधिक धारको शिक्षक र ल्याब शिक्षाको समाधान गर्न नेपाल सरकार लागि परेको पनि उनले बताए।

तपाईको प्रतिक्रिया