भोजपुर, ९ फागुन- भोजपुरको प्रतिष्ठित भलिवल प्रतियोगिता योगमाया स्मृति कप पञ्चबर्षीय अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक नेपालेडाँडाले जितेको छ । फागुन ६ गते देखि ९ गते सम्म योगमाया खेलकुद बिकास समितिको खेल मैदान मझुवाबेसीमा सञ्चालन भएको प्रतियोगिताको फाईनलमा आयोजकले कुलुङ लाई सोझो सेटमा २५-१७,२५-१७ र२५-२२ ले हराउँदै उपाधि रक्षा गरेको हो । प्रतियोगितामा तेस्रो स्थान कुदाक काउलेले हात पार्न सफल भयो ।

प्रतियोगितामा प्रथम भएको नेपालेडाँडा टीमले नगद ५५ हजार ५ सय २५ का साथ १०५ तोला चाँदिको ५ वर्षे रनिङ शिल्ड प्राप्त गर्यो । दोस्रो स्थान प्राप्त गरेको कुलुङ्ले नगद ३५ हजार ५ सय ३५ र तेस्रो कुदाककाउले टीमले नगद २५ हजार मा चित्त बुझाउनु पर्यो । शिल्ड को अन्तिम वर्ष को खेल २०७७ सालमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा भोजपुर र संखुवासभाका २२ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । योगमाया न्यौपाने को स्मृतिमा २०५४ साल वाट निरन्तर खेल हुँदै आएपनि नगरपालिकाले व्यवस्था गरेकाले आगामि वर्षमा खेललाई निरन्तरता दिन नसकिने अवस्था आएको क्लब का अध्यक्ष ढाकमान राईले बताए । खेल को सम्पुर्ण खर्च देश विदेशमा छरिएर रहेका नेपालेडाडा वासिको भरमा खेल सम्पन्न गरिरहेकप राईले वताएका छन् ।

५४ साल बाट खेलाडी उत्पादन र खेलको माध्यमबाट योगमायाको प्रचारप्रसार को शुरुवात योगमायालाई राष्ट्रिय विभुतिको घोषणा को माग गर्दै खेलकुद आयोजना गरिएको क्लव का अध्यक्ष राईले बताए । भोजपुरका प्रदेश सभा सदस्य राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया