हङकङ- हङकङमा एक नेपाली महिलाले भवनको छतबाट हाम फालेर आत्महत्या गरेकी छिन्। २९ वर्षीया नेपाली महिलाले गत शनिबार अपरान्ह करिब साढे बाह्र बजे वान चाइ रोड ४०-५४ अवस्थित एक निजी आवासीय भवनको ७ तला अग्लो छतबाट हाम फालेकी हुन्।

घटनाको प्रत्यक्षदर्शीहरुका अनुसार दुर्घटना पूर्व ति महिलाको अनौठो गतिविधि देखे्पछि सहयोगको लागि प्रहरीलाई खबर गरिएको थियो।प्रहरीको उपस्थिति स‌ँगै उद्दारकर्मीहरुको अनुरोध पश्चात उनी सुरक्षित स्थानमा फर्किन राजी भएकी थिईन्। तर फर्कने क्रममा अचानक सन्तुलन गुमे पछि उनी खस्न पुगिन्।

सडकमा टाउको बजारिर घाइते भएकी ति महिलालाई उपचारका लागी एम्बुलेन्सद्वारा नजिकको रोतोन्जी अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याइए पश्चात तिनलाई मृत घोषणा गरिएको थियो।

प्राप्त जानकारी अनुसार मृतक बृृृषिका राई धरान चौकिबारी निवासी हुन्। पुर्ख्यौली घर खोटाङ भएकी उनी लामो समयदेखि परिवारबाट एक्लैै हङकङमा बस्दै आएकी थिइन्। अविवाहित बृषिकाका एक दाजु र बाबा आमाहरु बेलायतमा बस्दै आएका तथा एउटी दिदी सिंगापुरमा रहेको मृतकका आफन्तले बताएका छन्।

आत्महत्या गर्नु पूर्व मृतकले फोन मार्फत सिंगापुरमा रहेकी आफ्नी दिदीसँग लामो कुराकानी गरेको समेत खुल्न आएको छ। आत्महत्याको रहस्यबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ।

तपाईको प्रतिक्रिया