काठमाडौं, १५ फागुन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बाग्मती प्रदेशको प्रशिक्षण काठमाडौँको रामशाह पथ स्थित यलम्बर पार्टी प्यालेसमा शुरु भएको छ । कार्यक्रममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल तथा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी छन् ।

प्रशिक्षणमा बाग्मती प्रदेशका १३ जिल्लाका नेता, कार्यकर्ता, प्रदेश सांसद, मन्त्री गरी दुई हजार एक सयलाई प्रशिक्षणका लागि बोलाइएको नेकपाले जानकारी दिएको छ । बुधबार वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टी सचिवालयको निर्णय र सो निर्णयमा ओलीको असहमतिले पार्टीभित्र संकट पैदा गराएको छ । यस्तो समयमा शीर्ष नेताहरु एउटै मञ्चमा उपस्थित भएपछि यसलाई चासोका साथ हेरिएको छ ।

वामदेव गौतमलाई राष्ट्रिय सभा लैजाने पार्टी सचिवालयको निर्णय र सो निर्णयमा ओलीको असहमतिले पार्टी पंक्ति तरङ्गित भइरहेको बेला शीर्ष नेताहरु एउटै मञ्चमा उपस्थित भएका हुन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रशिक्षण कार्यक्रममा ढिलो गरी आइपुगेका हुन् । उनको नाम सम्बोधन गर्ने नेताको सूचीमा छ । प्रशिक्षणमा १३ जिल्लाका नेता, कार्यकर्ता, प्रदेश सांसद, मन्त्री गरी २ हजार १ सयलाई प्रशिक्षणका लागि बोलाइएको छ।

तपाईको प्रतिक्रिया