काठमाडौ- शिक्षक सेवा आयोगले आजै शिक्षक लाईसेन्सको नतिजा सार्वजनिक गर्ने तयारी गरेको खबर प्राप्त भएको छ । आज राति वबसाईटमा अपलोडको तयारी गरेको हो । लाइसेन्सको परीक्षा गत असोज महिनामा भएको थियो ।

नतिजा हरेक दिन गरेर सबै तहको आउँदो शुक्रबार सम्ममा प्रकाशन भइसक्ने शिक्षक सेवा आयोगले बताएको छ । यसअघि नै लाईसेन्सको नतिजा सार्वजनिक गर्ने तयारी भएको बताइए पनि विभिन्न प्राविधिक समस्याले गर्दा नतिजा सार्वजनिक नगरिएको आयोगका सूचना अधिकृत दामोदर पाण्डेले बताए ।

यही दिन आउँछ भनेर भन्न सकिँदैन तर ढिलोमा आगामी शुक्रवारसम्म छिटोमा आजै नतिजा सार्वजनिक भइसक्ने उनको भनाइ रहेको थियोे । सूचना अधिकृत पाण्डेका अनुसार कुनै पनि प्राविधिक समस्या नआए आज राति माध्यमिक तहको नतिजा सार्वजनिक गर्ने, र क्रमश निम्नमाध्यमिक र प्राथमिकताको नतिजा प्रकाशन गर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया