काठमाडौं, २२ फागुन- गोरखा ब्रिटिस गोर्खा भुपू सैनिक (गेसो)ले धरानमा जानकारी सभा गर्ने भएको छ । ३ दशक लामो गोरखा आन्दोलनबाट हालसम्म भएका प्रगती र प्राप्त उपलव्धीका विषयमा देशव्यापी अभियान अन्तर्गत धरानमा रहेका गोरखा भुप लाहेरे लगायतलाई जानकारी सभा गर्ने गेसो सभापति कृष्ण कुमार राईले विहीबार पत्रकारसँगको भेटघाटमा कार्यक्रम वताए ।

शुक्रबार विहान ११ वजे धरान १० स्थित सैनिक भवनमा जानकारी सभाको आयोजना गेसोले गर्ने भएको हो । पत्रकार सम्मेलनमा सभापति राईले भने,‘हामी देशैभरी जानकारी सभा गर्दैछौ,यसै अन्र्तगत धरान लाहुरेहरुको शहरबाट सभा सहित जागरण ल्याउँदैछौ।’

वर्षौदेखि विभेद र अन्यायमा परेका गोरखा सैनिकको अधिकारको विषयमा वकालत गर्न सन् १९९० मा स्थापना भएको गेसोले गोरखा सैनिकको न्याय समानताको लागि लड्दै आएकाले गोरखा आन्दोलनको उपलव्धी अव निर्णायक तहमा पुग्न लागेको पनि दावी गरेका छन् ।अधिकारको लागि निरन्तर लड्दै आएकाले अव भने नेपाल सरकारले आधिकारिक रुपमा औपचारिक प्रक्रिया शुरु गरेकाले गोरखा सैनिकले न्याय पाउने पूर्ण आसावादी रहेको सभापति राईले पत्रकार समक्षमा वताएका छन् ।

गेसोले समानको कामको समान पेन्सन,रितो हात घर फर्काएर अहिले कष्टकर जीवन विताउन वाध्य भूपू सैनिकलाई स्टेट पेन्सन, गोराको सरह श्रीमानको मृत्यु भए पाउने सेवा सुविधा गोरखा सैनिक परिवारले पनि पाउनु पर्ने लगायतको १३ वुँदे माग राखेर अधिकार प्राप्तीको आन्दोलन गरिहेको छ । गेसोले नेपाल सरकार र बेलायत सरकारलाई १३ वँुदे मागबाट गोरखा सैनिक अलिकति पनि विचलित नहुने र त्यसै वुँदाहरुलाई टेकेर अघि वढ्न पनि आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया