दिङ्ला– मोरङको बाहुनी बजारमा फाल्गुन २३ र २४ गते भएको प्रथम मेयर कप आई.टि.एफ तेक्वान्दो प्रतियोगितामा भोजपुर दोस्रो भएको छ । ७ गोल्ड मेडल सहित, ४ रजत साथै ७ कास्या पदक संगसगै दोस्रो स्थान हासिल गर्न सफल भएको हो । गोल्ड मेडल प्राप्त गर्ने खेलाडीहरुमा पुरुष तर्फ २५–३० केजि तौल समुहमा दिपक राई, ३०–३५ केजि तौल समुहमा चन्द्र मगर त्यस्तै ७०–७५ केजि तौल समुहमा बिरबहादुर तामाङ परेका छन् भने दिपक राई उत्कृष्ट खेलाडी समेत भएका छन् ।


त्यस्तै महिला तर्फ गोल्ड मेडल प्राप्त गर्ने खेलाडीहरु २५–३० केजी तौल समुहमा शोभा राई, ३०–३५ मा आर्याना मगर, ३५–४० मा सञ्जिता राई र ४५–५० केजी तौल समुहमा रोमिला राइ परेका छन् ।
त्यसतै रजत मेडल प्राप्त गर्ने खेलाडीहरुमा पुरुष तर्फ २०–२५ केजी तौल समुहमा रविन राई, ६५–७० निशान खत्री परेका छन् भने महिला तर्फ ४०–४५ सजिना तामाङ, र गङ्गा राई परेका छन् ।


त्यस्तै कास्य पदक प्राप्त गर्ने खेलाडीहरुमा पुरुष तर्फ ४०–४५ केजी तौल समुहमा चन्द्र बहादुर बस्नेत, ४५–५० केजी तौल समुहमा विश्वास राई, ५०–५५ केजी तौल समुहमा रितिक रसाइली, सक्सेस राई, ६०–६५ केजी तौल समुहमा भुवन मगर, र महिला तर्फ ५०–५५ केजी तौल समुहमा प्रिय राई र ६०–६५ केजी तौल समुहमा सबिना तामाङ परेका छन् ।  

तपाईको प्रतिक्रिया