धरान- धरानमा आज साँझ दुई युवा माथि छुरा प्रहार भएको छ । धरान उपमहानगरपालिका वडा नम्वर ४ का अनन्त राई र पेम्मा लामामाथि धरान २ का प्रकाश तामाङले छुरा प्रहार गरेको धरान प्रहरीले जनाएको छ ।

पब्लिक स्कुल नजिक बाया कोखामा छुरा प्रहार गर्दा राईको अवस्था गम्भीर रहेको छ भने लामाको साइली औंला र टाउकोको पछाडि चोट लागेको छ । घाइते दुवैको वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। राईको अवस्था गम्भीर रहेको प्रतिष्ठान प्रहरीले जनाएको छ ।

पुरानो रिसइविका कारण छुरा प्रहार भएको बताइको छ । प्रकास सहित ४ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया