धरान-

होलीको दिन करिव ५ बजे बेलुकी धरान–४ मा अनन्त राई लाई छुरा प्रहार गरि मरणासन्न वनाउने चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ । धरान उपमहानगरपालिका –१२ स्थित पब्लिक स्कुल मैदानमा इलेक्स भन्ने प्रकाश तामाङ समेतको समुहलाई पक्राउ गरि आज धरान प्रहरीले सार्वजानिक गरेको हो ।

पूर्व रिसइवी साध्ने उदेश्य राखी धरान ४ बस्ने वर्ष १८ को अनन्त राई र धरान १५ बस्ने वर्ष १९ को पेम्बा तामाङलाई उनिहरुल खुकुरीे प्रहार गरी घाईते बनाएका थिए । हिजो प्रहरीले चक्कु प्रहार गरेको बताए पनि उनीहरुले खुकुरी प्रयोग गरेको पाइएको छ । पक्राउ पर्ने अन्यमा बर्ष १९ का बरदान चौधरी, धरान ३ का लाप्साङ तामाङ र धरान १२ बस्ने रोहन भन्ने रोमन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

उनीहरुलाई आजै जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । घाइते राईको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिआइसियु बेडको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया