इलाम- ईलामको फाकफोकथुम गाउँपालिकाको एक दम्पती मृत फेला परेका छन् । फाकफोकथुम–५, लुम्देका अन्दाजी ३५ वर्षीय धनबहादुर खपाङ्गी र सोही उमेरकी उनकै पत्नी रिता खपाङ्गीको शव आज घरको बलेंसीमा ‘रहस्यमय’ अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घोप्टे परेर लडिरहेका मृतक धनबहादुरले कम्मरमा खुकुरीको दाप भिरेका छन् भने रगत लतपतिएको नाङ्गो खुकुरी भूइँमा छ । पत्नी रिता धनबहादुरको नजिकै लडिरहेको भेटिएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले जानकारी दिए।


जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्री नेतृत्वको टोली घटना अनुसन्धानका लागि पुगेको छ । ‘घटना कसरी भयो भन्ने अहिल्यै केही भन्न सकिने अवस्था छैन’, निरीक्षक ढुङ्गानाले भने, ‘अनुसन्धान भइरहेको छ ।’

तपाईको प्रतिक्रिया