भोजपुर– भोजपुरवाट लेगुवा जाँदै गरेको ना ८ ख ८०३८ नं को ट्रकमा भएको पछाडीको फलेक खस्दा २ महिला घाईते भएका छन् । भोजपुर नगरपालिका वडा नं ९ पानिट्याङ्कीमा कुदिरहेको ट्रकबाट झरेको फलेकले लाग्दा पैदल यात्री षडानन्द नगरपालिका वडा नं. ९ बस्ने बर्ष ४६ कि जनरुपा राई तामाङ र तामाङकी छोरी बर्ष २४ कि मनु तामाङ घाईते भएका हुन् ।

जनरुपा राई तामाङको ढाडमा चोट लागेको छ भने मनु तामाङको टाउको र खुट्टामा चोट लागेको छ । घाईते दुवैलाई भोजपुरको सिद्धाकाली अस्पतालमा सामान्य उपाचार पछि अस्पतालले धरान स्थित वि.पि. कोईराला विज्ञान प्रतिष्ठानको लागि रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी पाण्डप कुमार राजवंशीले जानकारी दिए ।

ट्रक संगै ट्रकका चालकलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिइसकेको समेत राजवंशीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया