काठमाडौं- महानगरीय प्रहरी बृत्त गौशालाले कुटपिटमा संलग्न ३ जना युट्युवरलाई पक्राउ गरेको छ । पुण्य गौतम नाम गरेका ब्यक्तिलाई हातपात गरेको र लछारपछार गरेको अभियोगमा उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राखिएको गौशाला प्रहरी वृत्त प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिए ।


कुटपिट र लछारपछारमा संलग्न युट्युवरहरु सन्तोष सापकोटा, दिपेश श्रेष्ठ र कमल बस्नेतलाई पक्राउ गरिएको डिएसी सिंहले बताए । उनीहरुमाथि प्रमुख जिल्ला अधिकारीले हेर्ने अभद्र ब्यवहार अन्तर्गतको मुद्धा दर्ता गरिएको छ । केहीदिन अघि युट्युवरहरुको समूहले पुण्य गौतम नाम गरेका ब्यक्तिलाई आक्रमण गरेको भिडियो युट्युवमा सार्वजनिक भएको थियो । आक्रमणकारीहरु पत्रकार हुन् वा युट्युवर हुन् यसबारे अनुसन्धान गरिरहेहेको प्रहरीको भनाई छ ।


पछिल्लो समय कतिपय युट्युवरले आफूलाई पत्रकार दावी गर्दै घरायसी घर झगडाको भिडियो बनाएर युट्युवमा अपलोड गर्दै आएका छन् । सामुहिक रुपमा युट्युवर किन यसरी कुटपिटमा उत्रिए यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया