संखुवासभा- संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा रहेको जिल्ला कारागारमा  बाबु आमा संगै ४४ दिने शिशुकारागारमा रहेका छन् । प्रहरी हिरासतमा हुँदानै जन्मिएको जिल्ला कारागारमा ४४ दिने शिशु बुबा आमासंगै कारागारमा कष्टप्रद दिन विताईरहनु परेको हो।

सभापोखरी गाउँपालिका–६ बस्ने भक्तबहादुर विश्वकर्माले चिचिला गाउपालिका–५ घर भएकी सुस्मा विश्वकर्मालाई केही समयअघि दोस्रो विवाह गरेका थिए । उनीहरु बिच मायाँ प्रेम बसेपछि राजी खुशीमा दोस्रो विवाह गरेका थिए । तर दोस्रो विवाह गर्ने बित्तिकै भक्तबहादुरकी जेठी श्रीमती रुमिता विश्वकर्माले जिल्ला प्रहरी कार्यालय संखुवासभामा आफ्नो श्रीमानले बहुविवाह गरेको भन्दै मुद्धा दर्ता गरेपछि प्रहरीले दुवैलाई पक्राउ गरेको थियो ।

उनका बुबा भक्तबहादुर र आमा सुष्मा विश्वकर्मालाई गएको फागुन १४ गते कारागार चलान भएको जिल्ला कारागारका जेलर विनोद अधिकारीले बताए । उनको बुबा आमा कारागार चलान भए पछि रेखदेख र हेरचाहकोलागि भए पनिसंगै कारागारमा राखिएको बताए ।

बहुविवाह मुद्धा लागेका उनीहरुलाई जिल्ला अदालत संखुवासभाले सुष्मालाई ७५ हजार र उनको श्रीमान भक्तबहादुरलाई २ लाख ३५ हजार रुपैया धरौटी रकम तोकेको थियो । उनीहरुले उक्त धरौटी वापतको रकम तिर्न नसक्दा गएको फागुन १४ गते कारागार चलान गरिएको जिल्ला अ दालतका स्रेस्तेदार डिल्ली प्रसाईले बताए । उनीहरुले धरौटी बापतको रकम जम्मा गरेमा तारिखमा छुट्न सक्ने स्रेस्तेदार प्रसाईले बताए ।

नेपालको संविधान अनुसार बहुविवाह गरेमा एक बर्ष देखि पाँच बर्ष कैद र पाँचहजार देखि ५० हजार रुपैयासम्म जरिवाना तिर्नुपर्ने नियम रहेको छ ।

तपाईको प्रतिक्रिया