काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ९ देखि नेपाल भित्रने यात्रुवाहक विमानलाई निषेध गरिने बताएका छन् । उनले आज राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो जानकारी गराएका हुन् ।


प्रधानमन्त्री ओलीले १० चैत्रबाट लामो दुरीको यात्रुवाहक बस निषेध गरिने समेत जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले भ्रम र अफवाहमा नपर्न आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमणबारे भ्रम र अफवाह फैलिएको अवस्थामा प्रधानमन्त्रीको पछिल्लो भनाई आएको हो । उनले भने, ‘भ्रम र अफवाहमा नपर्नुहोस् ।’

दृढताका साथ कोरोना भाईरसको सामना गर्न र सम्बन्धित संघ संस्था साथै नागरिक समाजहरुलाई आवश्यक सहयोग गर्न समेत प्रधानमन्त्रीले अनुरोध गरे ।

तपाईको प्रतिक्रिया