दिङ्ला– भोजपुरको दुई स्थानमा चट्याङ लाग्दा एकको मृत्यु र दुई घाईते भएका छन् । भोजपुर जिल्लाको टेम्के मयुैँ गाउँपालिका वडा नं. ३ गिरी टोल बस्ने बर्ष ५७ की दुर्गामाया गिरीे चट्याङ लागेर घाईते भएकी गिरीको उपचारको क्रममा मृत्यु भएको हो । घरमा बसि रहेकी गिरीलाई अपरान्ह ३ः४५ बजे अचानक परेको चट्याङ लाग्दा घाईते भएकी थिईन । घाईते गिरीको सामान्य उपचार अन्नपुर्ण स्वास्थ्य चौकीमा भएपछि जिल्ला अस्पताल भोजपुर उपचारको लागि पठाईएको थियो । जिल्ला अस्पताल भोजपुरमामा उपचारको क्रममा ६ः४५ बजे गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी पाण्डप कुमार राजवंशीले जानकारी दिए ।

त्यस्तै टेम्के मयुैँ गाउँपालिका वडा नं. ३ गिरी टोल बस्ने बर्ष ६७ की मित्र शोभा गिरी सोहि समयमा परेको चट्याङ लागेर घाईते भएकी छिन । घाईते मित्रशोभा गिरी बोल्न नसक्ने साथै मुखमा रगत देखिएको छ । गिरीको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको राजवंशीले जानकारी दिए ।

भोजपुरकै षडानन्द नगरपालिका वडा नं. १० हल्दार चौक बस्ने बर्ष ५० की बिष्णु माया राई पनि आज अपरान्ह ३ बजे परेको चट्याङ लागी घाईते भएकी छिन् । घाईते राईको स्वास्थ्य चौकी साङपाङ्गमा उपचार भईरहेको र अवस्था सामान्य बोल्न सक्ने रहेको समेत राजवंशीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया