दिङ्ला– भोजपुरको षडानन्द नगरपालिकाले कोरोना भाईरस (कोभिड १९) विश्वभरि फैलिरहेको अवस्थामा नियमित सेवा बन्द गरेको छ । चैत्र ९ देखि २१ गते सम्मको लागि आकस्मिक वाहेकका सेवा वन्द गरेको निर्णय कार्यपालिकाको आज वसेको बैठकले गरेको हो ।

कार्यपालिकाको वैठकले नगर क्षेत्रभित्र मासुजन्य पदार्थ बेच्न नपाउने पनि निर्णय गरेको छ । बोईलर, अण्डा, माछा, लगायत बाहिर बाट आउने सामाग्री बन्द गर्ने निर्णय कार्यपालिका वैठकले गरेको हो । त्यस्तै साप्ताहिक लाग्ने हाट बजार पनि बन्द गर्ने निर्णय गरेको छ भने २० गते लाग्ने ऐतिहाँसिक रामनवमी बजार समेत कोरोनाको कारण नलाग्ने भएको छ ।

नगरपालिकाले २० लाखको विपद व्यवस्थापन कोष पनि खडा गरेको छ । कार्यपालिकाको वैठकले मेयरकप, माछाको भुरा वितरण,सुन्तला नर्सरी, तटवन्ध र वन व्यवस्थापनका योजना कटौती गरि सो रकम कोरोना भाईरस विरुद्धका कार्यक्रममा खर्च गरिने भनेर निर्णय गरेको छ । कार्यपालिकाको वैठकले आईसोलेसन वार्डको पनि व्यवस्थापन गर्ने निणय गरेको छ । नगरपालिकाको वडा नम्वर ७ मा रहेको दिंला हस्पिटललाई आईसोलेसन वार्डको रुपमा प्रयोग गर्ने पनि निर्णय गरेको हो ।

कार्यपालिका वैठकले नगरपालिकाका विभिन्न सिमामा हेल्प डेस्क राख्ने पनि निर्णण गरेको छ । कार्यपालिकाले नगरपालिकामा प्रवेश गर्ने षडानन्द नगरपालिका वडा नम्वर १ को मझुवा वेंशी, वडा नं. ५ को कात्तिकेपुल, वडा नं. ६ को सत्तिघाटको पुल, वडा नं. १२ को तुर्के पुल, षडानन्द नगरपालिका वडा नं. १३ को भिरथाप्ला र १४ मा को सिमाना पित्तिममा स्वास्थ्य तुरुन्तै हेल्प डेक्स संचालन गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया