दिङ्ला– भोजपुरको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा रहेको अरुण माध्यमिक विद्यालयको स्काउटले कोरोना भाईरसबाट बच्नको लागि सचेतनामुलक कार्यक्रम गरेको छ । शनिबार अरुण माध्यमिक विद्यालयको स्काउटका शिक्षक रिद्धि बहादुर चर्मकारको संयोजकत्वमा उक्त कार्यक्रमको आयोजना भएको हो ।

स्काउटका केहि विद्यार्थी र शिक्षकको समुहले दिंला बजार क्षेत्रमा कोरोना भाईरसको लक्षण र बच्ने उपाय सहितको ब्यानर सहित बजार परिक्रमा साथै पर्चा टाँस गरेर कोरोनाको विषयमा सचेतना गरेको हो । स्काउटले यस अघि पनि विभिन्न सचेतना मुलक कार्यक्रम गर्दै आएको छ भने पिडीतहरुलाई आर्थिक संकलन गरि सहयोग पनि गर्दैआएको छ ।

स्काउट शिक्षक रिद्धि बहादुर चर्मकारले आँउदा दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने वताएका छन् ।

तपाईको प्रतिक्रिया