दिङ्ला–भोजपुरको षडानन्द नगरपालिकाको अगुवाईमा दिंला बजार अनुगमन भएको छ । कोरोना भाईरसको चपेटामा परिरहेको समयमा बजारमा भएका अतिआवश्यक खाद्य सामाग्री स्थानिय उपभोक्ताका निमित्त पर्याप्त छन, छैनन् भन्ने जानकारी लिनकालागि बजार अनुगमन गरिएकोअनुगमन समितिका संयोजक तथा नगरपालिकाका उपमेयर मेरिका राईले बताईन् ।

बजारमा फेलापरेका म्याद सकिएका २० हजार रुपैंया बरावरका कोक, डिउ, मःम मसला लगायतका सामान सोमबारनै  डिस्पोज गरेको छ ।

बजारमा भएको खाद्य सामग्री तथा अत्यआवश्यक सामनहरु कालाबजारी नहोस र सर्वसाधरणले खाद्य सामग्री सहजै पाउन सकुन भनि बजार अनुगमन गरिएको नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत गणेश विक्रम वस्नेतले बताए ।

विश्वभर फैलिएको कोरोना भाईरसका कारण यस दिङ्ला बजारमा आउने प्रवेश मार्गहरु बन्द गरे पनि १ महिना सम्म धान्न सकिने खाद्य समाग्री रहेको उद्योग वाणिज्य संघ दिङ्ला शाखाका अध्यक्ष रमेश श्रेष्ठले बताए । 

नगरपालिकाका उपप्रमुख मेरिका राईको संयोजकत्वमा भएको अनुगमनमा उद्योग वाणिज्य संघ, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी लगायतका निकायको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया