दिङ्ला–विश्वव्यापि रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणबाट नगरवासिलाई वचाउनको लागि षडानन्द नगरपालिकाले ३० शैयाको क्वारेन्टाईनको व्यावस्थापन गरेको छ । षडानन्द नगरपालिका वडा नं ७ अवस्थित भारतिय राजदुतावासले निर्माण गरिदिएको हस्पिटल भवनमा क्वारेन्टाईनको व्यावस्थापन गरिएको हो ।

होहल्लाको पछि नलाग्न र संकास्पद लक्षणहरु भएका व्याक्तिहरु भेटिएमा द्रुत प्रतिकार्य टोलि संग सम्पर्कमा रहन समेत नगरपालिकाले अग्रह गरेको छ । नगरपालिकाका कर्मचारीहरु २४ घण्टा यस संक्रमण रोकथामका सेवामा लागिरहेको पनि नगरपालिकाले जनाएको छ । द्रुत प्रतिकार्य टोलि सम्पर्कका लागि निम्न फोन नम्बरहरु उपलब्ध गराईएको छ । फोन नम्वरहरुः९८४२०९८४०४÷९८४२०४४८०८÷९८६२२९६१११

तपाईको प्रतिक्रिया