दिङ्ला–भोजपुरको षडानन्द नगरपालिकाले नगरका सिमानाकाहरुमा हेल्थ डेक्स स्थापना गरेको छ । विश्वभर फैलिरहेको कोरोना भाईरस नियन्त्रण गर्नकालागि उत्तरी नाकाहरु कातिके पुल,सतिघाट र तुर्के पुलमा हेल्थ डेक्सको मंगलबार स्थापना गरेको हो ।

हेल्थ डेक्समा यात्रुको लक्षण सोधपुछ गरि ज्वरो जाँचेर मात्रै नगरपालिका प्रवेश गर्न दिईने र लक्षण देखिएमा नगरले व्यवस्थापन गरेको क्वारेन्टाईनमा राखिने नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले जानकारी दिए ।

प्रत्येक हेल्थ डेक्समा २ जना स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको हो । कातिके पुलमा तारनाथ भट्टराई र यादपकला राई, सतिघाट सुमिक्षा राई र दिपेश दर्नाल त्यसैगरि तुर्के पुलमा चन्द शेखर मण्डल र अरुणा राईलाई खटाईएको स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठले जानकारी दिए ।

अरुण नदिको यस क्षेत्रमा पक्की पुलको अभावमा सयौं यात्रुहरु झोलुङ्गे पुल को माध्यमबाट पैदल तथा मोटरसाईकलवाट यात्रा गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया