दिङ्ला– विश्वभर फैलिरहेको कोरोना भाईरसवाट संक्रमित नेपाली युवति संगै कतार बाट आएका एक युवा र मुम्वईवाट आएका अर्का एक युवालाई क्वारेनटाईनमा राखिएको छ ।

कोरोना संक्रमण पुष्टि भएको फ्रान्सबाट आएकी युवती सँगै श्रीयरलाइन्सको फ्लाइट नं ६५२ मा कतारबाट आएका षडानन्द नगरपालिका वडा नं. १ साँगुवोटेका एक युवालाई नगरपालिकाले व्यवस्थापन गरेको कृषि भवनको क्वारेन्टाइनमा राखिएको हो । साथै मुम्बई बाट आएका षडानन्द नगरपालिका वडा नं १ कै अर्का एक व्यक्तिलाई पनि क्वारेन्टाईनमा राखिएको नगरपालिकाकी उपप्रमुख मेरिका राईले जानकारी दिईन ।

तपाईको प्रतिक्रिया