धरान, १६ चैत- काठमाण्डौं बाहिर पहिलो पटक प्रदेश नम्बर १ मा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस टेस्ट ल्याब आजवाट संचालनमा आएको छ । आज ल्याबको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले अनुगमन गरे पश्चात संचालनमा आएको हो ।

कोरोनाको संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले प्रदेश नम्बर १ सहित देशका अन्य ५ क्षेत्रमा ल्याब संचालन गर्ने निर्णय अनुसार प्रदेश नम्बर १ मा पनि आइतबार देखि संचालनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निमित्त उपकुलपति प्रा.डा. गुरुप्रसाद खनालले बताए ।

प्रतिष्ठानमा ल्याव सञ्चालनमा आएपछि प्रदेश नं. १ मा कोरोनाको टेष्टका लागि अब प्रतिष्ठाननमै हुने भएको छ । यस अघि कोरोनाको थ्रोव स्वाव काठमाण्डौमा गर्नुपर्ने बाध्यता थियो ।

ल्याबको निरिक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेशका विभिन्न जिल्लामा रहेका सरकारी अस्पतालबाट ल्याइएका स्वाब परिक्षणको रिपोर्ट समयमै प्राप्त गर्न सक्दा कोरोनाको संक्रमणबाट प्रदेशलाई जोगाउन सकिने बताउनुभयो । उहा“ले प्रतिष्ठानमा आइसोलेसन अस्पतालको रुपमा छुट्टै संचालन गर्न आवश्यक रहेकाले तयारी गर्न समेत आग्रह गर्नुभयो ।

प्रतिष्ठानमा संचालन भएको ल्याबबाट दैनिक १२ वटा सम्म स्याम्पल चेक गर्न सकिने भएको छ । ल्याब संचालन भए पछि रिपोर्टका लागि काठमाण्डौं पठाउनुपर्ने झन्झट र समय खर्च कम हुने भएको छ भने संक्रमितहरुलाई तुरुन्तै उपचारका लागि पनि सहज हुने भएको छ । मुख्यमन्त्री शेरधन राई र र सामाजिक विकास मन्त्री जीवन घिमरिेले ल्याबसँगै हेल्प डेस्क र आइसोलेसनको पनि निरीक्षण गरेका थिए । प्रतिष्ठानबाट ल्याव टेष्ट हुदा चाडो रिपोर्ट आउने र सावधानी अपनाउन सहज हुने अपेक्षा सबैले गरेका छन् ।

तपाईको प्रतिक्रिया