भोजपुर, संखुवासभा– कोरोना भाईरसले विश्वका विकशित देशलाईनै दुःख दिर्ईरहेको समयमा भोजपुर र संखुवासभाका गाँउमा भने कोरोना भाईरसको औषधी घरमै भेटीने अन्धविश्वासी हल्ला फिँजिएपछि गाँउलेले केहिदिनदेखि धमाधम घर खनिरहेको पाईएको छ ।

बिहिबार साँझको हल्ला अनुसार शुक्रबार बिहानीको उज्यालो भुँईमा नखस्तै मुलढोका अघि खनेर कोइला निकाल्नु र परिवारका सबैलाई त्यसको टिका लगाउनु भन्ने थियो । तर पछिल्ला दिनमा यो हल्ला अवतारी दलाई लामाले आफ्ना अनुयायीहरुलाई कोरोनाको संक्रमणबाट जोगाउन घरको मुलढोका अघि जमिनमा अभिशेक गरी पठाएको कोइला छ । त्यसको टिका लगाउनु भन्ने थियो ।

संखुवासभावाट शुरुभएको यस्तो हल्लाको प्रभाव पछिल्लो समय भोजपुरका षडानन्द नगरपालिका र साल्पा सिलिंछों गाँउपालिकामा पनि देखिएको छ । यि क्षेत्रमा हिजोवाट यस्तो हल्ला फिंजिएको स्थानियहरु वताउँछन् ।

यस क्षेत्रका स्थानिय निकायले गाँउ गाँउमा पर्चा, सावुन, माक्स लगायतका समाग्री वितरण गरेर कोरोनावाट वच्ने उपायको वारेमा जनचेतना जगाईरहँदा यस्तो अफवाह फैलनुले कोरोना नियन्त्रणमा समस्या आउने देखिएको छ । गाँउलेहरुले घरको मुलढोका अगाडि खनेर माटोमा मिसिएको कालो कोईला भेटिएमा त्यसको टिका लगाउने गरेको र त्यो टिका लगाएमा कोरोनाको संक्रमण नहुने भन्दै लगाउँदै आएको माक्स पनि प्रयोग गर्न छोडेर लापर्वाही गरिरहेको भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर ६ का स्थानिय युवा सुरेश भन्डारीले वताए ।

यता भोजपुरको षडानन्द नगरपालिका वडा नं ६ का वडाध्यक्ष सुजन राईले भने घर घरमा कोरोना संक्रमण कम गर्न सावुन, माक्स र चेतना मुलक पर्चा वितरण साथै हातधुने तरिका, लकडाउन परिपालना, कोरोना वाट वच्ने उपाय लगायतका वारेमा जनचेतना दिंदै आएको अवस्थामा यस्तो अन्ध विश्वासी हल्लाले कोरोना नियन्त्रणमा समस्या ल्याएको वताए । उनले तत्कालै घर घरमा यस्तो अन्धविश्वासको विरुद्धमा जनचेतना जगाउने पनि वताए ।

कोरोनाको विषयलाई लिएर अफबाहको पछि लाग्न नहुने संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । यस्तो अफवाह फैलाउनेको खोजी गरेर कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी दुलाले बताए ।

तपाईको प्रतिक्रिया