दिंला- कोरोना भाईरसले विश्वनै आक्रान्त भईरहेको अवस्थामा नेपाल शरकारले पनि यसको भाईरस नियन्त्रणका निमित्त पुरै देश लक डाउन गरेर सर्वसाधारणलाई घर वाहिर हिंड डुल गर्न नदिईरहेको अवस्था छ । आम सर्वसाधारण लगायतलाई घरमा वस्दा वस्दा दिग्दार मानिरहेका छन् । तर यस्तो अवस्थामा षडानन्द नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष सुजन राईलाई भने जनताका घर–घरमा गएर माक्स, सावुन र चेतनामुलक पर्चा बाँडदैमा भ्याई नभ्याई छ ।

संखुवासभाको खाँदवारी नगरपालिकाको सिमाना अरुण नदि देखि षडानन्द नगरपालिकाको मुख्य केन्द्र दिंला बजार सम्म जोडिएको वडामा ५ सय वढि घरधुरी र पच्चीस सयको हाराहारी जनसंख्या रहेको छ । प्रत्येक घर घरमा गएर माक्स, सावुन र चेतनामुलक पर्चा बाँडदै कोरोना भाईरसवाट वच्ने उपाय ( हातधुने तरिका, लकडाउनको परिपालना, माक्सको प्रयोग )को वारेमा जानकारी दिईरहेका छन् । षडानन्द नगरपालिकाका ३ मुख्य नाका सतीघाट, लम्सुवाघाट र चेवावेसि समेत जोडिएको वडामा केहि कारण वस संक्रमण फैलिईहालेमा ठूलो समस्या आउने भएकोले यसरी लागि परेको वडाध्यक्ष राईले खवरट्वीट सँगको कुराकानीमा वताए ।

बजारमा गुणस्तरीय साबुन र मास्कको अभावमा बजारमा उपलव्ध लाईवव्याई सावुन र स्थानिय स्तरमा उत्पादन गरिएको मास्क वितरण गरिरहेको उनले बताए । सावुन र पर्चा नगरपालिकाले उपलव्ध गराएको र वडा भरिका पच्चीस सय जनतालाई प्रतिव्यक्ति एउटा माक्स उपलव्ध गराएको पनि उनले वताए । उनले वडामा वितरण गरिने माक्स अन्य क्षेत्रमा विक्रि वितरण गरेको माक्सको अध्ययन गरेर सकेसम्म गुणस्तरीय वनाउने पनि वताए । अधिकांस माक्स गत वर्ष वडाको आयोजनामा सिलाई कटाई तालिम दिईएकोमा सोहि तालिममा सहभागिले उत्पाद गरेका हुन ।

समाज र जनता स्वास्थ्य भएमा मात्र समाज र देशको विकास हुने उनको बुझाई छ । त्यसैले दिनरात र कोरोनाको डर नराखी जनताको सेवामा लागेको राई वताउँछन् । वडाध्यक्ष घर घरमा गएर यस्तो जानकारी तथा सामाग्री उपलव्ध गराएपछि सर्वसाधारण जनताले खुशी व्यक्त गरेका छन् । वडावासी गुमान सिं राईले साँच्चै सरकार गाँउमा आएको महशुस भएको वताए ।

वडा नम्वर ६ का वडाध्यक्ष मात्र नभएर नगरका अधिकांश वडाका जनप्रतिनिधिहरुलाई समेत कोरोना विरुद्धका गतिविधिमा जनचेतना जगाउने चटारो छ । वडा नम्वर ५ का वडाध्यक्ष विनेश राईले सावुन पर्चा वितरण गरिसकिएको वताएका छन भने , बजारमा माक्स उपलव्ध नहुँदा स्थानिय स्तरमा माक्स उत्पादन गर्न समय लागेकोले सयममा माक्स वितरण गर्न ढिलाई भईरहेको जनाएका छन् ।

यता वडा नम्वर १ का वडाध्यक्ष रामेश्वर भण्डारीले प्रत्येक घरमा सावुन र चेतनामुलक पर्चा वितरण गरिसकिएको वताएका छन् । त्यसैगरि वडा नम्वर ४ का वडाध्यक्ष किसान राई साथै वडानम्वर ७ का वडाध्यक्ष वुद्धसिं तामाङले पनि माक्स, सावुन वितरण का साथमा टोल टोलमा माईकिङ गरेर जननाहरुलाई सचेत गराईरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया