दिङ्ला,२० चैत– विश्वभर फैलिरहेको कोरोना भाईरसवाट संक्रमित नेपाली युवति संगै कतार बाट आएका  एक युवा र मुम्वईवाट आएका अर्का एक भोजपुरका युवाको स्वाब परिक्षणको लागि धरान स्थित विपि कोरोना स्वास्थ्य विज्ञानको कोरोना परिक्षण विशेष ल्यावमा पठाईएको छ ।

उनिहरुको स्वाब गएराती मुलपानी उपस्वास्थ्य चौकीका अहेव रविन्द्र तिम्सिनाको साथमा एम्वुलेन्समा पठाईएको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश विक्रम वस्नेतले जानकारी दिए । उनिहरुको ल्याव रिपोर्ट आज दिनभरिमा आउने प्रमुख प्रशासकिय अधिकृत वस्नेतले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएको फ्रान्सबाट आएकी युवती सँगै कतारबाट आएका षडानन्द नगरपालिका वडा नं. १ साँगुवोटेका एक युवा र सोहि ठाँउका भारतको मुम्वईवाट आएका अर्का एक युवालाई पनि कोरोनाको आशंकामा नगरपालिकाले व्यवस्थापन गरेको कृषि भवनको क्वारेन्टाइनमा राखिएको छ । हाल सम्म उनिहरुलाई कुनै पनि कोरोनाको लक्षण नदेखिएको वताईएको छ ।

तपाईको प्रतिक्रिया