दिङ्ला,२० चैत– कोरोना भाईरसवाट संक्रमित युवती संगै कतारबाट आएका युवाको ल्याव रिपोर्ट नेगेटिभ आएको छ ।

अर्का भारतवाट आएका युवाको पनि स्वाब परिक्षणकालागि सँगै लगिएकोमा ल्यावमा दिनमा १२ जनाको मात्र परिक्षण हुने हुँदा भारतको मुम्वईवाट आएका युवाको रिपोर्ट आज आउन सकेन । हिजो राती लगिएको स्वाबमा भारतवाट आएका युवाको स्वाब १३ औं नम्वरमा परेको हुँदा भोली मात्र उनको रिपोर्ट आउने विपिकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । गएराती दिंला उपस्वास्थ्य चौकीका अहेव रविन्द्र तिम्सिनाको साथमा उनिहरुको स्वाब एम्वुलेन्समा पठाईएको  ।

कोरोना संक्रमण पुष्टि भएको फ्रान्सबाट आएकी युवती सँगै कतारबाट आएका षडानन्द नगरपालिका वडा नं. १ साँगुवोटेका एक युवा र सोहि ठाँउका भारतको मुम्वईवाट आएका अर्का एक युवा पनि कोरोनाको आशंकामा नगरपालिकाले व्यवस्थापन गरेको कृषि भवनको क्वारेन्टाइनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया