दिङ्ला,२० चैत– नेपाल तामाङ घेदुङ षडानन्द नगर समितिद्धारा मास्क वितरण गरिएको छ । आज नगर घेदुङका अध्यक्ष मोहन तामाङको संयोजकत्वमा  वितरण गरिएको हो ।

 इलाका प्रहरी कार्यलयलाई २५ थान, प्राथमिक स्वास्थ्य केन्द्रलाई १३ थान र अन्य विभिन्न क्षेत्रका मजदुरहरुलाई ६० थान मास्क वितरण गरेको हो । बजारमा माक्स अभावका कारण पर्याप्त सोचेअनुरुप माक्स वितरण गर्न नसकिएको नगर घेदुङका अध्यक्ष मोहन तामाङले बताए ।

अर्डर गरिए बमोजिम माक्स उपलव्ध नभएको कारण हाल सवै क्षेत्रमा माक्स वितरण गर्न नसकिएको तर उपलव्ध भएपछि विभिन्न सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रमा मास्क वितरण गरिने नगर घेदुङका सह–सचिव पदम बहादुर तामाङले बताए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वमा फैलिरहेको महामारि रोकथामको लागि यो एउटा सानो सहयोग हो । सबै सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले यसरीनै विभिन्न किसिमका कार्यहरु गरेमा रोकथामका लागि धेरै सहज हुने र आवश्यक सहयोगहरु निरन्तर गरिरहने समेत संस्थाका अध्यक्ष तामाङले बताए ।

तपाईको प्रतिक्रिया