भोजपुर- भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिकाका सदस्यहरुले शीपको सदुपयोग गर्दै मास्क सिलाएर वितरण गरेका छन् । सुम्निमा महिला बिकास संस्थाका महिलाहरुले ९ सय मास्क सिलाएर विश्व व्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन वितरण गरेका हुन ।

महिलाहरुले गाउँमा माक्सका अभाव भए पछि गाउँमा संक्रमण फैलन सक्ने भन्दै रोकथामका लागि घरघर गएर माक्स लगाउन अनुरोध गर्दै माक्स बाडेको छन् । उनिहरुले अनावश्यक रुपमा घरवाहिर ननिस्कन, सावुन पानीले हात धुन, दुरी कायम राख्न चेतनामुलक घरदैलो गरेको सुम्निमा महिला बिकास संस्थाका संस्थापक अध्यक्ष जलवती राईले बताईन । सुम्निमा महिला बिकास संस्थाका सदस्यहरुले गाँउपालिकाले दिएको सिलाईकटाई सिप प्रयोग गरी माक्स बनाईएको राईले बताइन ।

तपाईको प्रतिक्रिया