दिङ्ला, २२ चैत– कोरोना भाईरस संक्रमित फ्रान्सबाट आएकी युवती संगै आएका एक र मुम्बईबाट आएका अर्का युवाको पनि कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई षडानन्द नगरपालिकाले घर पठाएको छ । नगरपालकिाको वडा नम्वर १ का पुर्ण बहादुर राई र विक्रम कोईराला दुवैको रिपोर्ट नेगेटिभ आएपछि आज उनिहरुलाई घर पठाइएको नगरपालिकाकी उप–प्रमुख मेरिका राईले जानकारी दिईन् ।

संक्रमित युवती संगै आएका कारण संक्रमण हुन सक्ने भएकोले राईलाई र कोईराला पनि सोहि समयमा भारतवाट आएकाले उनिहरुलाई क्वारेन्टाईनमा राखिएको थियो । उनिहरुलाई द्रुतप्रतिकार्य टोलिका सदस्य जयनारण मण्डलको निगरानीमा घर पठाइएको मेयर विरवल राईले जानकारी दिए । कोरोना भाईरसको लक्षण २१ दिन सम्म देखिने भएकोले स्वास्थ्यकर्मीको निगरानीमा घर पठाईएको मेयर राईले वताए ।

राई र कोईरालाको रिपोर्ट नेगेटिभ आए सँगै स्वास्थ्यकर्मीहरु पनि क्वारेन्टाईन वाहिर निस्किएका छन् । पुर्ण बहादुर राईलाई चेकजाँच गर्न जाने क्रममा कोरोना शंक्रमणको त्राशमा नगरका आरआरटी टोलीका ११ जना पनि क्वरेन्टाईनमा वसेका थिए । नगरका आरआरटी टीमका ११ जना स्वास्थ्यकर्मी वसेपछि उनिहरुलाई क्वारेन्टाईनमा राखिएको समयमा स्वास्थ्यकर्मीहरु स्वस्थ्य परामर्श तथा सोधपुछको लागि नगरेपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो । राई र कोईरालाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि स्वस्थ्यकर्मीहरु पनि क्वारेन्टाईनबाट बाहिर निस्किएको वताईएको छ ।

तपाईको प्रतिक्रिया