दिङ्ला– षडानन्द नगरपालिकाका ११ सय ७६ घर परिवारले राहत पाउने भएका छन । वडाबाट छनौट भएर आएका परिवारहरुलाई ७ दिन भित्रमा राहत वितरण गरिने नगरपालिकाका प्रमुख विरबल राईले बताए ।

राहत वितरणको लागि नगरपालिकाले विभिन्न शिर्षकमा विनियोजन गरेको बजेट कटौति गरेर विपद व्यवस्थापन कोषमा ४२ लाख जम्मा गरेको छ । यस अघि २ं० लाख रकम कोषमा जम्मा गरेकोमा नगर कार्यापालिकाको आईतवार बसेको बैठकले थप २२ लाख जम्मा गरेर ४२ लाखको विपद व्यवस्थापन कोषमा खडा गरेको हो ।  राहतको लागि कोटेसन खुल्ला भईसकेको र एक हप्ता भित्रमा राहत चामल, तेल र नुन वितरण गरिने नगरपालिकाका प्रमुख राईले जानकारी दिए ।

सरकारले ल्याएको नितिलाई संयम्ताका साथ अपनाउन र आफु बाँचौ अरुलाई पनि बचाउँ भनेर लकडाउनको समयमा सरकारको निति उलंघन नगर्न मेयर राईले अनुरोध गरे । स्थानीय तहले पनि कडाईका साथ लकडाउनको समयमा निगरानी राख्ने समेत राईले बताए ।

तपाईको प्रतिक्रिया