काठमाडौं, २७ चैत- गृह मन्त्रालयले भोली शुक्रबार र पर्सि शनिबार काठमाडौं उपत्यकाबाट बाहिर पठाउने सम्बन्धमा कुनै निर्णय नभएको जानकारी दिएको छ । आज एक विज्ञप्ति जारी गरी मन्त्रालयले सो जानकारी दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीको नाममा जारी विज्ञप्तिमा उपत्यकामा अलपत्र परेकारहरुका लागि दुई दिन खुल्ला गर्ने भन्ने विषयमा आज केही सञ्चारमाध्याममा आएको समाचारप्रति ध्यानाकर्षण समेत भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया