दिङ्ला– भोजपुरको दिङ्लामा काठमाण्डौवाट आएका १२ जनालाई षडानन्द नगरपालिकाको क्वारेन्टाईनमा राखिएको छ । षडानन्द नगरपालिका वडा नं ५ चिउरीवोटे निवासी तारा तामाङकी आमा फुलमाया तामाङको सुध्याई कार्यमा छोरी ज्वाँई र सानो बच्चा सँगै फर्जि पास वनाएर आएका अन्य ९ जनालाई क्वारेन्टाईनमा राखिएको नगरपालिकाले जनाएको छ।

उनिहरु जिल्ला प्रशासन कार्यालय भक्तपुरले वनाईदिएको ३ दिनको पास प्रयोग गरेर आएको पाईएको छ । उनिहरुले प्रयोग गरेको पासमा १७ जना रहेकोमा अन्य संखुवासभा र कञ्चनपुरमा झरेको भन्ने बुझिएको छ । उनिहरु आज विहान ४ बजेनै संखुवासभा र भोजपुरको सिमानामा पर्ने सतिघाटमा आईपुगेको र फेरीवाट गाडी तार्ने क्रममा संकास्पद मानि सोधपुछ गर्दा फर्जि पास भेटिएको षडानन्द नगरपालिकाका नगर प्रहरी ईञ्चार्ज द्रोर्ण राईले जानकारी दिए ।


सुध्याई कार्यमा आएका तामाङ दम्पतीले भने आँफुहरु सुध्याई कार्यको लागि आएकोले होम क्वारेन्टाईनमा बस्नको लागि छोडिदिनुपर्ने जिकिर गरेका थिए । क्वारेन्टाईनमा बसेपछि १४ दिन सम्म अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्नु पर्ने नगरपालिकाकी उपप्रमुख मेरिका राईले बताईन् । सुध्याई कार्यमा जाँदा स्वास्थ्यकर्मीको निगरानीमा पठाउन सकिने तर होम क्वारेन्टाईनमा बस्छु भनेर क्वारेन्टाईन छोडेर जान नमिल्ने उपप्रमुख राईले वताईन् ।


तामाङ दम्पतीसँग आएका अन्यमा काठमाण्डौमा रुद्राक्ष व्यावसाय गरेर वस्ने व्यावसायीहरु र उनिहरुका परिवार रहेको नगरपालिकाले जनाएको छ । यस अघिपनि नगरपालिकाको वडा नम्वर १४ वोयामा विभिन्न जिल्लावाट नगरपालिकामा प्रवेश गरेका २० जनालाई नगरपालिकाको क्वारेन्टाईनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया