एजेन्सी- चीनमा पछिल्लो २४ घण्टाभित्र कोरोनाभाइरसको संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । खुसीकै कुरा हो, यहाँ नयाँ संक्रमित पनि भेटिएका छैनन् ।

वर्ल्डोमिटरको पछिल्लो आँकडालाई केलाउँदा २४ घण्टाभित्र कसैको मृत्यु भएको छैन भने नयाँ संक्रमित पनि भेटिएका छैनन् । हालको समयमा यहाँ ८१ हजार ९ सय ९ जना कूल संक्रमित छन् जसमध्ये १ सय ४४ जनाको स्थिती चिन्ताजनक छ । यहाँ हालसम्म ३ हजार ३ सय ३६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।


यद्यपि, थुप्रै जानकारले चीनमा कोरोनाभाइरसको दोस्रो लहर भित्रिन सक्ने चेतावनी दिएका छन् । केही दिनअघि चीनका राष्ट्रपति सी जिनपिङले पनि यो खतरालाई मध्यनजर गर्दै आफ्ना देशवासीलाई सतर्क रहन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया