भोजपुर, २९ चैत्र- नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरले ४१ औँ शिक्षक दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय भोजपुरलाई ४८० थान सावुन हस्तान्त्रण गरेको छ ।

कोभिड १९ को संक्रमण रोकथाममा सहयोग पुगोस भन्ने उदेश्यले सावुन हस्तान्त्रण गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरका अध्यक्ष राजधन राईले बताए । विगतका वर्षहरुमा तालिम गोष्ठी तथा विविध कार्यक्रम गरेर मनाउने गरिएको भए पनि यस वर्ष भने विश्वनै कोरोनाको संक्रमणमा परेकोले सावुन वितरण गरिएको अध्यक्ष राईले बताए । शनिबार संगठनका अध्यक्ष राईले प्रमुख जिल्ला अधिकरी बसन्तराज पुरीलाई सावुन हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरी सहायक प्रमुख जिल्ला अधिकारी राम प्रसाद लुईटेल, सशस्त्र प्रहरी वल टक्सार गुल्मका प्रमुख डिएसपी मोहन निरौला, नेपाल नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरका उपाध्यक्ष ध्रुर्वराज रेग्मी, कोषाध्यक्ष विष्णु कुमार राई, नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुर नगर समिति अध्यक्ष योगराज लुईटेल लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया